काठमाडौं, १६ पुस । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति १० बजेर २१ मिनेटमा ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो गोरखा बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा गएको भूकम्पको पराकम्पन हो ।
सिन्धुपाल्चोकको लासिकोटमा गएको पराकम्पन काठमाडौँमा पनि महसुस भएको केन्द्रले जनाएको छ । पराकम्पन छोटो समय आएकाले यसले खासै ठूलो असर भने नगरेको बताइएको छ ।







