सिन्धुपाल्चोक, १९ पुस । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसअघि गत आइतबार राति १०:२१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।






