सिन्धुली, २९ चैत । सिन्धुलीको कमलामाई नगरपालिका-४ खट्टारमा रहेको एनसेल टावरमा बम विस्फोट भएको छ ।
गएराति नचिनेको मानिसको समूहले एनसेल टावरको उत्तरतर्फको तारको जाली काटी प्रवेश गरी टावरमा कुकुर बम विस्फोट गराएको र विस्फोटबाट टावरको बक्समा क्षति पुगेको सिन्धुली प्रहरीले जनाएको हो ।
टावरको परिसरभित्र र बाहिर ‘पिपुल्स लिबरेशन आर्मी’ जनमुक्ति सेना लेखिएको १५ थान पर्चा पम्प्लेट पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल कुमार खड्काले बताए । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।






