काठमाडौँ, २८ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेकपा (एकीकृत समाजवादी)का नेताहरूलाई भेटेका छन् ।
नेपालको चार दिने भ्रमणमा रहेका लिउले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललाई होटेल सोल्टीमा भेटवार्ता गरेका हुन् ।
यसअघि उनले आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।







