Logo

सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्ने क्रममा नेपाल एअरलाइन्सको जहाजमा प्राविधिक समस्या



हुम्ला, २७ कार्तिक । हुम्लाको सिमकोटबाट बाँकेको नेपालगञ्जका लागि उडान भर्ने क्रममा प्राविधिक समस्या आएपछि नेपाल एअरलाइन्सको ट्विनअटर जहाज सिमकोट विमानस्थलमै रोकिएको छ ।

जहाजको बायाँ इन्जिनमा खराबी आएपछि जहाज सिमकोट विमानस्थलमै रोकिएको हो ।

नेपालगञ्जका लागि १४ जना यात्रुहरू राखेर उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या देखिएको नेपाल एअरलाइन्स सिमकोट स्टेशनका प्रमुख बलराज हमालले बताएका हुन् ।

नेपाल एअरलाइन्स नेपालगञ्जका सहायक बलबहादुर सुनारले भोलि दुई जना प्राविधिक आएर मर्मतपछि मात्र जहाजका बारेमा भन्न सकिने बताए । सोमवार प्राविधिकलाई बोलाउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्