Logo

सिमलताल पहिरो: भारतको खोज तथा उद्धार टोलीले काम थाल्यो



काठमाडौँ, ५ साउन । चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोलीले खोजी कार्य अघि बढाएको छ ।

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडिआरएफ०को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो ।

पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थलमा सक्रिय हुने प्राधिकरणले जनाएको छ ।

गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।

बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको थियो भने ३९ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्