Logo

सिम्रिक एअर हेलिकोप्टर दुर्घटना अपडेट: एक जनाको ज्यान गयो



सङ्खुवासभा, २२ वैशाख । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।

हेलिकप्टरमा रहेका चार जना गम्भीर घाइते भएका उनले बताए । शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला-४ हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्