Logo

सिम्रिक एयरको उडानमा लागेको प्रतिबन्ध हट्यो



काठमाडौँ, २८ साउन । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता चुक्ता गरेको छ ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सिम्रिक एयरले ३१ असार २०८० सम्मको बक्यौता ५५ लाख १२ हजार ११२ रुपैयाँ प्राधिकरणलाई बुझाएको जानकारी दिए ।

यससँगै प्राधिकरणले सिम्रिकको उडानमा लगाएको प्रतिबन्ध समेत हटेको छ । यसअघि प्राधिकरणले गत बिहीबार सिम्रिकका सबै हेलिकप्टरको उडान रोकेको थियो ।

प्राधिकरणले दिएको समय अगाडि नै उडान रोकेर अधिकारको दुरुपयोग गरेको आरोप सिम्रिकले लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्