सिरहा, १६ साउन । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ ।
गोलबजार नगरपालिका-२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुनसक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।







