Logo

सिरियाको तेस्रो ठूलो शहर होम्स पनि विद्रोहीको कब्जामा



काठमाडौं, २३ मंसिर । सिरियाको विद्रोही समूहले देशको तेस्रो सबैभन्दा ठूलो शहर होम्स पनि कब्जा गरेको छ । इस्लामिक विद्रोही समूहका नेता गोलानीले होम्स शहर पूर्ण नियन्त्रणमा रहेको र यो ऐतिहासिक क्षण भएको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ ।

बिद्रोही समूहले यस अघि ठूलो शहर अलेप्पो र हामा शहर कव्जा गरेको थियो । होम्स शहर बिद्रोहीको कब्जामा परेसँगै सिरियाको राजधानी दमास्कसले धेरै शहरहरूसँग सम्पर्क गुमाएको बेलायतमा आधारित सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स ९एसओएचआर० ले जनाएको छ ।

झण्डै दुई करोड २० लाख जनसङ्ख्या रहेको सिरिया भूमध्य सागरको पूर्वी तटमा रहेको छ । सिरियाको उत्तरमा टर्की, पश्चिम एवम् दक्षिण पश्चिममा लेबनान र इजरायल छन् । यस्तै, पूर्वमा इराक र दक्षिणमा जोडर्नसमेत जोडिन्छ ।

लेबनानमा केही समयअघि मात्रै युद्धविराम घोषित भएसँगै इजरायली आक्रणम बन्द भएको छ । छिमेकमा युद्ध भएकै मौकामा इस्लामिक विद्रोहीहरुले सिरियामा सत्ता कब्जा गर्ने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्