Logo

सिरियामा भवन भत्किँदा दश जनाको मृत्यु



सिरिया, २३ भदौ । सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ ।

अल-फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ ।

एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्