लेबनान, २८ जेठ । सिरियाली शरणार्थीको फिर्ताका लागि लेबनानले विश्व समुदायसँग पुन: अपिल गरेको छ ।
लेबनानी श्रममन्त्री मुस्तफा बायरामले देशभित्र रहेका सिरियाली शरणार्थीहरूलाई उनीहरूको मातृभूमिमा छिटो र सुरक्षित फिर्ता गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका हुन् ।
शरणार्थीको संख्याको बोझले लेबनानमा उच्च बेरोजगारी र अपराध दर बढेको बायरामको भनाइलाई उद्धृत गर्दै नेसनल न्यूज एजेन्सी (एनएनए)ले जनाएको छ ।
अब सिरियाली शरणार्थीलाई शरण दिएर थप बोझ बोक्न नसक्ने लेबनानको बताएको छ । करिब १५ लाख सिरियाली शरणार्थी लेबनानमा रहेको सरकारको अनुमान छ ।