Logo

सिलिचोङ गाउँपालिकामा कांग्रेस विजयी



संखुवासभा, २ जेष्ठ । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदमा भूपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ विजयी भएका हुन् ।

अध्यक्ष मेवाहाङले २ हजार २ सय तीन मत प्राप्त गरेका छन् भने उपाध्यक्ष कुलुङले २ हजार ७५ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका योगेन्द्र कुलुङ (मञ्जिल)ले २ हजार ९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवार देवीकुमारी राई (भुमिका)ले एक हजार ७ सय ७० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्