Logo

सिसडोलवासीले मेयर शाहलाई भने: ‘माग पुरा नभएसम्म फोहर फाल्न दिन्नौँ’



काठमाडौँ, १८ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए।

सरकारसँग वार्ताको विषयमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई बोलाइएको थिएन । एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका छन् । स्थानीयले मेयर घोषणा भएपछि मेयर शाहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन् ।

शाहले भर्खरै पदबहाली भएका छौँ, अबको केही दिनपछि माग पुरा गर्नेछौँ भनेर केही दिन फोहोर विसर्जन गर्ने समय माग गरेको भए बन्चरेमै फोहोर व्यवस्थापन हुने जिकिर गर्दै स्थानीय भन्छन्-‘ उहाँले फोहोर विसर्जनको अवस्था सुधार नभएसम्म फोहोर विसर्जन गराउँदिन भन्नुभएको थियो, हामी उहाँको वाचा पूरा नभएसम्म फोहोर फ्याँक्न दिन्नौँ ।’

प्रतिक्रिया दिनुहोस्