Logo

सीके राउत पनि बालकोटमा



काठमाडौँ, १० पुस । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन् ।

नयाँ सरकार गठनको विषयमा एमाले अध्यक्ष ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भइरहेका बेला प्रचण्डले राउतलाई पनि बोलाएका हुन् । प्रचण्डले बोलाएपछि राउत पनि बालकोट पुगेका छन् ।

ओली र प्रचण्डले सरकार गठनमा सघाउन राउतलाई आग्रह गरेका छन् । राउतको पार्टीले संसदमा छ सिट रहेको छ । नयाँ सरकार बनाउन एक सय ३८ सिटको आवश्यकता छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमतसहित नयाँ सरकारको गठन गर्न दिएको एक हप्ताको समय आजै बेलुका ५ बजे सकिँदैछ । ५ बजेअघि नै बहुमत पुर्‍याएर राष्ट्रपतिसमक्ष दाबी पेस गर्न दलहरू दौडधुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्