Logo

सीके राउत र विमलेन्द्र निधिबीचको भेटवार्ताले दिएको सन्देश



काठमाडौँ, १५ मंसिर । सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने नजाने विषयले राजनीतिक वृत्त तताएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै समानुपातिकतर्फसमेत थ्रेसहोल्ड कटाएर नयाँ राष्ट्रिय दल स्थापित गरेका सीके राउत पछिल्लो समय यही प्रश्नको घेराबन्दीमा छन् ।

त्यसो त राउतको पार्टी मधेस प्रदेशमा पनि निर्णायक शक्तिको रूपमा उदाएको छ । मधेसमा राउतको पार्टी बिना न एमालेले सरकार बनाउन सक्छ, न गठबन्धनले नै । राउत यतिबेला दुबै दलसँग बार्गेनिङु गर्नसक्ने पोजिसनुमा समेत छन् ।

उनले सञ्चारमाध्यममा तीन विकल्प सोझ्याएका छन् । उनले भनेका छन् कि आफ्नो पार्टी प्रतिपक्षमा बस्छ, कि समर्थन गरे पनि सरकारमा जाँदैन, कि सरकारमा सहभागी हुन्छ । मतलब उनले सरकामा जाने विकल्पलाई खुला नै राखेका छन् ।

राउतले बुधबार नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसँग उनकै निवासमा पुगेर भेटवार्ता गरे । निधिसँग भेटवार्ता गरेर राउतले सन्देश पनि दिन खोजेका छन्, जनमत पार्टी सरकारमा सहभागी हुन चाहन्छ । तर उचित भागबण्डासहित । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्