काठमाडौँ, २७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दु:ख व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सीता दाहालको निधन भएको खबरले मर्माहत भएको बताएका हुन् ।
मोदीले परिवारप्रति समवेदना प्रकट पनि गरेका छन् ।





