काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् ।
उनले आइतबार अपराह्न सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई पक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौँ आएका हुन् ।







