Logo

सीमलताल दुर्घटना : गैंडाकोटमा मृत भेटिएका अर्का पुरुषको पनि पहिचान खुल्यो 



चितवन, ३० असार । गैँडाकोटको थुम्सी नजिकै हिजो शनिबार भेटिएको अर्को शवको पनि पहिचान खुलेको छ । अर्को शव सिमलताल दुर्घटनामा नै परेर बेपत्ता भएका चितवनका विकास परियारको भएको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता डिएसपी वेदबहादुर पौडेलका अनुसार माडी नगरपालिका वडा नं. १ का मृतक विकासका दाई विजय परियारले आफ्नो भाइ भएको पुष्टि गरेका हुन् ।

गैँडाकोटमा शनिबारनै भेटिएको अर्को शव सर्लाहीका १९ वर्षका रमित कुशर माझी रहेको यसअघिनै सनाखत भइसकेको छ । योसँगै अहिलेसम्म ३ जनाको शव भेटिएर पहिचान भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्