Logo

सीमलताल दुर्घटना: थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो



चितवन, २९ असार । नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदीमा थप दुई जना पुरुषको शव भेटिएको हो । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।

चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो । शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हो होइनन् यकिन भने भइसकेको छैन ।

यसअघि पश्चिम चितवनको गोलाघाटको नारायणी नदीबीचमा एक व्यक्तिको शव भेटिएको थियो । उनी भारत बिहारका ऋषिपल साह भएको र काठमाडौंबाट हिँडेको प्रदेश ३(००१ ख २४९५ नम्बरको गणपति ट्राभल्सको बसमा जोरपाटीबाट चढेका उनका आफन्तले सनाखत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्