
काठमाडौँ, १४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तिकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउनुपर्ने बताएकी छिन् । संसद्मा विनियोजन विधेयकमाथिकाे छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तिकृत (याैनकर्मी) महिलाहरूकाे पक्षमा कानुन बनाउनुपर्ने मन्त्री रेग्मीले जनाइन् ।
“सीमान्तकृत महिलाहरूकाे समस्या छ, समाजमा । नागरिकताकाे समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएकाे छ । उनीहरूमाथि हुँदै आएकाे दुर्व्यवहारविरुद्ध कानुन निर्माण गर्न सकिन्छ,” मंगलबार काठमाडौंमा आयाेजित एक कार्यक्रममा भनिन् ।
उनले सीमान्तिकृत महिलाकाे अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? सराेकारवाला पक्षहरूले साेच्न आवश्यक रहेकाे पनि बताइन् ।







