Logo

सीमा क्षेत्रबाट उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु



कञ्चनपुर, २४ जेठ । पुनर्वास नगरपालिका-११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

नेपाल भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले बेहोस अवस्थमा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो ।

तत्कालै प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याएको थियो । उपचारका क्रममा युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्