
काठमाडौँ, ३१ जेठ । नेपाली भू-भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन नेपाल सरकारले भारतलाई आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटसँग सम्बन्धित रहेर संसदमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको सहमतिविना सीमा क्षेत्रमा बनिरहेका संरचनाको निर्माण कार्य तत्काल रोक्न आग्रह गरिएको बताए ।
यस्तै मन्त्री खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढङ्गबाट गरिने निर्णय नेपाललाई मान्य नहुने पनि बताएका छन् । साथै उनले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको सम्बन्धमा आवश्यक सबै पहल भइरहेको जानकारी दिए ।







