Logo

सी जिनपिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति चयन



चीन, २६ फागुन । सी जिनपिङले चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल सुरु गरेका छन् ।

उनी १४औँ राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन भएका हुन् ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उनले संविधानप्रति प्रतिबद्ध रहने बताएका छन् । योसँगै उनलाई माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा चित्रण गरिएको छ ।

यसअघि नै संसद्ले राष्ट्रपतिको दुई कार्यकालको सीमा संविधान हटाउने निर्णय गरेको थियो । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्