Logo

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित



चीन, ६ कार्तिक । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अधिवेशनमा उनी पुन: पार्टीको महासचिवमा निर्वाचित भएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन् । सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् ।

आज बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा भएको पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले टोली घोषणा गरेका हुन् ।

केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ । ली चीनको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्