Logo

सुकुम्वासीलाई तत्काल लालपुर्जा वितरण गर्ने तुलसीपुरका मेयरकाे निर्णय



दाङ, १३ जेष्ठ । दाङको तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्काले सुकुम्वासीको लगत सङ्कलन गरी तत्काल लालपुर्जा वितरण गर्ने निर्णय गरेका छन् ।

बिहीवार पदबहाली गर्दै मेयर खड्काले अव्यवस्थित बसोवास र सुकुम्वासीको समस्या समाधान गर्ने पहिलो निर्णय गरेका हुन् । यसैगरी ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय पनि भएको छ ।

७० वर्ष पुगेका ज्येष्ठ नागरिक, दुई महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्