Logo

सुकुम्वासी बस्ती हटाउन महानगरले गृह मन्त्रालयसँग सहयाेग माग्याे



काठमाडौँ, १४ पुस । काठमाडौँ महानगरपालिकाले थापाथलीको बाग्मती नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ ।

महानगरले बिहीवार एक पत्र पठाउँदै थापाथलीको बाग्मती नदी किनारको सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको हो ।

बाग्मती नदी किनारमा अनधिकृतरूपमा निर्माण भएका संरचना हटाउन पटक-पटक प्रयास गरेको र यस कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने महानगरले पठाएको पत्रमा उल्लेख छ । मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय गर्न महानगरले अनुरोध गरिएको छ ।

‘थापाथलीको बाग्मती नदी किनारको अव्यवस्थित/अनधिकृत संरचना हटाइ त्यस क्षेत्रको संरक्षण एवम् सौन्दर्यीकरण गर्ने काम तत्काल अगाडि बढाउन बाग्मती सभ्यता एकीकृत विकास परियोजनाबाट पनि अनुरोध भइ आएको र त्यो क्षैत्र खाली गराउन महानगरले प्रयास अगाडि बढाएको भए पनि सफल हुन सकेको छैन’, पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्