Logo

सुक्खा पहिरोले अरुण नदी थुनियो



काठमाडौँ, १७ वैशाख । सङ्खुवासभामा सुक्खा पहिरोका कारण अरुण नदी थुनिएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको जलाशय क्षेत्र फाक्सिन्दा नजिकै ठूलो सुक्खा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

उनले अहिले डोजरसहित प्राविधिकको टोली नदी थुनिएकै ठाउँमा रहेको र सुरक्षित तरिकाले पहिरो पञ्छाएर नदीको बहाव सामान्य बनाउन प्रयास भइरहेको पनि बताए ।

अहिलेसम्म नदी थुनिँदा कुनै खतरा नरहेको पनि प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्