काठमाडौँ, ४ जेष्ठ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमाथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।
उनले नेपालले भारतसँग सुगौली सन्धि पछि देश परनिर्भतामा गएकाले विगतमा भारतसँग भएका व्यापार सन्धिहरू पुनरावलोकन हुनुपर्ने आवश्यकता देखिएको बताए ।
भट्टराईले भने, भारत र नेपालबीचको असमान व्यापार सम्बन्ध तत्काल सच्याउनुपर्ने भएको छ । सुगौली सन्धि भन्दा पहिले नेपालबाट भारतमा पाँच गुणा बढी निर्यात हुन्थ्यो तर त्यो सन्धिपछि नेपालले उल्टो पाँच गुणा बढी आयात गर्न लागेको छ । अहिले भारतबाट नेपालले निर्यातभन्दा १५ गुणा बढी आयात गर्ने गरेको छ ।’