सुडान, ५ साउन । सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा परि १ सय ५ जनाको मृत्यु भएको छ ।
त्यहाँ भएको जातीय दङ्गामा झन्डै तीन सय जना घाइते भएका ब्लु नाइल राज्यका स्वास्थ्य मन्त्रीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको हो ।
गएको जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा दङ्गा भएको थियो ।
स्वास्थ्य मन्त्री जमाल नासरले अहिले दङ्गाको अवस्था केही शान्त भएको बताए । त्यहाँ सेनाको तैनाथी छ । दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईबस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक झडपका घटना हुने गरेका छन् ।