सुडान, ३० साउन । सुडानमा भिषण वर्षा भएको छ । वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको मृत्यु भएको बताइएको छ ।
उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
रक्षा मन्त्रालयले दिएको जनकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा छ । दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ ।
सरकारले प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ ।