कञ्चनपुर, २७ पुस । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।
एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाको एक गरी २९ जना सांसदको समर्थन पाएका रावललाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बुधवार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको भए पनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो ।







