Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने



कञ्चनपुर, २० फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने भएका छन् ।

विश्वासको मतका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै शुक्रबार मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन् ।

प्रदेश सभा सचिवालयले आइतबार दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनेगरी तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्