Logo

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान



धनगढी, २३ चैत । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दावी पेश गर्न आह्वान गरेका हुन् ।

उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका हुन् । केन्द्रको सत्तासमीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्