डोटी, १६ असार । सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत रोपाइँ भएको छ ।
यस्तै डडेल्धुरामा ७०, अछाममा ६०, बझाङमा ५०, कञ्चनपुर र दार्चुलामा ४०र४०, कैलाली र बाजुरामा ३५र३५ र डोटीमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर असार १५ गतेसम्म प्रदेशका नौ वटै जिल्लामा ४३ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । प्रदेशका नौ वटै जिल्लामा पर्याप्त सिँचाइ सुविधा नभएकाले वर्षाको पानीले रोपाइँ गर्नुपर्ने बाध्यता छ ।
ढिलोगरी रोपाइँ सुरु भएकाले धान उत्पादन कम हुने चिन्ता छ । समयमै पानी नपरेका कारण यहाँका ५५ प्रतिशत खेत बाँझै रहेको निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।
पछिल्लो केही दिनयता पानी पर्न सुरु भएपछि रोपाइँ गर्ने क्रम बढ्न थालेको प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।