Logo

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल चयन



कञ्चनपुर, १६ पुस । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् ।

शनिबार बिहान बसेको बैठकले रावललाई दलको नेता चयन गरेको हो ।

रावल कञ्चनपुरबाट समानुपातिक प्रदेश सभा सदस्य हुन् । उनी पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन् ।

यस्तै दलको उपनेतामा सन्तोषीकुमारी थापा शर्मा चयन भएकी छिन् ।

सुदूरपश्चिममा एमालेका १० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्