Logo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण



कैलाली, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री बनेका छन् । कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन् भने नेकपा एकीकृत समाजवादीले नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीका रूपमा पठाएको छ ।

सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिदै ।

मन्त्री नियुक्त भएका देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री शाहले पनि आजै प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्