Logo

सुदूरपश्चिम प्रदेशमा १ सय ११ जनाको जमानत जफत



डोटी, २४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सुदूरपश्चिम प्रदेश सभातर्फ १ सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ ।

कुल सदर मतको दश प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था अनुरुप उनीहरुको जमानत जफत भएको हो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्यतर्फ ३२ सिटका लागि भएको चुनावमा ८२ जना उम्मेदवार जमानत जफत हुनबाट जोगिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक बाम-गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवारले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले एमाले, नेकपा (माओवादी केन्द्र) लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारकोसमेत जमानत जफत भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्