काठमाडौँ, २६ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरुलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
नेपाललाई टी-२० विश्व कपमा पुर्याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच-पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका दीपेन्द्रले भने थप एक लाख रुपैयाँसहित ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उनले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरेका थिए ।