
उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन (टीबीएम)बाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको उनले सुनाए । आयोजना प्रमुख बरालले भने, “एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने हाम्रो लक्ष्य हो । अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा अगाडि नै छौँ । भौगर्भिक समस्यामा निर्भर हुन्छ । चुरे पहाड र महाभारतमा पुगेपछि भौगर्भिक समस्या आउन सक्छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।







