Logo

सुनको भाउ अहिलेसम्मकै उच्च



फायल तस्बिर

काठमाडौँ, ५ चैत । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ ।

सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो ।

यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो । त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्