Logo

सुनको भाउ अहिलेसम्मकै उच्च



फायल तस्बिर

काठमाडौँ, २२ चैत । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ ।

यो भाउ अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि गएको ५ गते सुनको भाउ बढेर तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्