Logo

सुनको भाउ अहिलेसम्मकै महँगो



फायल तस्बिर

काठमाडौँ, १९ माघ । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो । यसअघि गएको १२ गते सुनको भाउ बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो ।

बुधबार सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्