Logo

सुनको भाउ अहिलेसम्मकै महँगो



काठमाडौँ, २ कार्तिक । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । यसअघि गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

बुधबार सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्