Logo

सुनको भाउ आज पनि घट्यो



फायल तस्बिर

काठमाडौँ, २० चैत । सुनको भाउ आज पनि घटेको छ ।

तोलामा ६ सय रुपैयाँले घटेर आज सुनकाे भाउ १ लाख ८ हजार रुपैयाँमा झरेको छ । आइतबार पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्