काठमाडौँ, १७ कात्तिक । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ । बिहीबार तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।