Logo

सुनको भाउ आज बढ्यो



काठमाडौँ, २१ चैत । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

सोमबार तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपेयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्