Logo

सुनको भाउ घट्यो, चाँदीको बढ्यो



काठमाडौँ, १९ चैत । हप्ताको पहिलो दिन सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँ छ । शुक्रबार सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्