Logo

सुनको भाउ घट्यो, चाँदीको स्थिर



काठमाडौँ, २४ पुस । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

सोमबार तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज स्थिर छ ।  हिजो एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस्