काठमाडौँ, २६ मङ्सिर । सुनको भाउ घटेको छ ।
तोलामा आज सुन सात सय रुपैयाँले घटेर १ लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ